आठ दलीय गठबन्धनको भविष्य छैन: झलनाथ खनाल

नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आठ दलीय गठबन्धनको भविष्य नरहेको संकेत गरेका छन्।

बुधबार दिउँसो मोरङको उर्लाबारी नेकपा (एकिकृत समाजवादी) मोरङ क्षेत्र नं. १ को बैठकलाई सम्बोधन गर्दै नेता खनालले आठ दलीय गठबन्धनको भविष्य नरहेको संकेत गरेका हुन्।

उनले आगामी दिनमा यस्ता धेरै गठबन्धन हेर्न बाँकी रहेको बताए। नेता खनालले गठबन्धनका शृखलाहरु अझै बाँकी रहेको उल्लेख गरे।

नीति कार्यक्रममा रहेर गठबन्धन नगरिएको बताउँदै उनले कुर्सीकै लागि मात्र गठबन्धन हुने गरेको बताए।

नेकपा (माले) र नेकपा (एमाले) ले आम जनता र राष्ट्रको आवाज बोलेकाले शसक्त पार्टी निर्माण भएको बताउँदै नेता खनालले नेतृत्वले राष्ट्र र जनता बिर्सिदा पार्टीहरु कमजोर र विभाजन हुने गरेको बताए। नेता खनालले एमाले, माओवादी, जसपा काही कसैसँग अहिले नै पार्टी एकिकरणको सम्भावना नरहेको बताए।

प्रकाशित मिति: : 2023-03-08 15:29:00

प्रतिकृया दिनुहोस्