‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
मुक्ति गौतम
घरको भद्रगोल काम। लाचार पत्नि।
म गाउँले नेता। घरदेखि चिया पसलसम्म गफ हाँक्ने, मामला-मुद्दामा इन्साफ दिलाउने र बैठकमा धारा प्रवाह भाषण गर्ने मेरो बानी।
समय सारिणी अनुसार आज आइतबारे बैठकको सूचना पत्र खोलेर कार्यसूचि हेरेँ- "मणिपुरमा नेपाली समाजको स्थितिबारे छलफल।"
एकातिर घरको नगरि नहुने काम, श्रीमतीको निन्याउरो अनुहार। अर्कोतिर समाजका जल्दाबल्दा समस्यामाथि सह-चिन्तन, छलफल र विचार विनिमयद्वारा समस्याको स्थायी समाधान खोज्नुपर्ने अवस्था। असमञ्जसमा परेपनि सय रुपैयाँ ऋण काँडेर निश्चित समयमा बैठकमा पुगेँ।
तोकेको समयभन्दा एक घण्टापछि आयोजक, कार्यकारिणी समिति र आम जनता भेला हुँदा एक बजे बैठकको शुभारम्भ भयो। एक भन्दा एक भाषणबाजीमा खप्पिस बुजुर्ग र युवा वक्ताहरू। श्रोता भन्दा वक्ताहरूको बहुमत।
भाषण प्रतियोगिता आरम्भ भयो। म पनि के कम। लगभग ५५ मिनेटको गहकिलो र घतलाग्दो भाषणमा जम्मै कुरा समेटेर अरूलाई उछिनेको अनुभव गरेँ। मञ्चबाट ओर्लेर मन मिल्ने साथीलाई साउतीमा सोधेँ- "मेरो बोलाई कस्तो भयो यार?"
साथीबाट- 'ठिक छ' भनेको सुनेपछि गजक्क परेँ।
निष्कर्षमा नपुग्दै बैठकको सकियो। आ-आफ्ना गुनासाहरू आफैसँग बोकेर अभियन्ताहरू घरतिर फर्के।
म पनि साँझमा भोकले लखतरान परेर घर आई पुगेँ। सहधर्मिणी ज्वरो आएर विस्तरामा छटपटाई रहेकी थिइन्।
पाँच वर्षे छोरी छिमेकीमा जाउली भात खाँदै थिई।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया