राष्ट्रपति निर्वाचन: सुवास नेम्वाङले मागे माधव नेपालसँग भोट

राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग आफूलाई मत दिन आग्रह गरेका छन्।

नेम्वाङसहित एमालेका नेताहरु बिहीबार आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालय पुगेर राष्ट्रपति निर्वाचनमा आफूहरूलाई सहयाेग गर्न आग्रह हुन्।

नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र नेता विमला राई नेकपा एसको कार्यालय पुगेका थिए।

एकीकृत समाजवादीले भने राष्ट्रपतिमा नेम्वाङलाई सघाउन नसक्ने जवाफ दिएका थिए।

प्रकाशित मिति: : 2023-03-02 13:51:00

प्रतिकृया दिनुहोस्