राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह परिवर्तन 

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव चिन्ह परिवर्तन गरेको छ। पहिले गोलाकारभित्र घण्टी चुनाव चिन्ह थियो।

परिवर्तन भएसँगै अब गोलाकार हटाएर घण्टी मात्र चुनाव चिन्न हुनेछ। रास्वपाले चुनाव चिन्ह परिवर्तन गर्न निर्वाचन आयोगलाई प्रस्ताव गरेको थियो।

आयोगले बुधबार रास्वपाको प्रताव स्विकृत गरेसँगै चुनाव चिन्ह परिवर्तन भएको पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

प्रकाशित मिति: : 2023-03-01 13:13:00

प्रतिकृया दिनुहोस्