सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक  पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बिहान ९ बजे बस्दैछ । बैठकले राष्ट्रपतिकाे उम्मेदवारी र सरकारबाट बाहिरिने विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।  

राष्ट्रपति पदका लागि आज उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा उम्मेद्वारी दिने भए कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बैठकले ठोस निर्णय दिने बताइएको छ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेपछि सरकारमा रहने वा नरहने विषयमा पनि छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: : 2023-02-25 08:21:00

प्रतिकृया दिनुहोस्