बालुवाटारमा चारदलका शीर्ष नेताको बैठक जारी

आमनिर्वाचनताकाको गठबन्धन ब्युझाएर त्यही गठबन्धबनबाट राष्ट्रपति र उपराष्ट्रपति उम्मेद्वारी दिने प्रयोजनले चार दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन्। 

बैठकमा कांग्रेस सभापति देउवासँगै नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी छन्।

बैठक राष्ट्रपति निर्वाचनका बारेमा थप छलफल गर्न बसेको बताइएको छ। 



नेपालको तेस्रो राष्ट्रपति नेपाल कि पौडेल ? ओलीको बोली नै निर्णायक

प्रकाशित मिति: : 2023-02-24 09:17:00

प्रतिकृया दिनुहोस्