एसियाली खेलकुद

पुरुष क्रिकेटको क्वाटरफाइनलमा आज नेपाल भारतसँग भिड्दै

एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले आज (मंगलबार) भारतसँग खेल्दै छ।

चीनमा जारी १९औँ एसियाली खेलकुदमा नेपाल र भारतबीच खेल बिहान ६:४५ बजेदेखि सुरु हुनेछ। समूह चरण अन्तर्गतको पहिलो खेलमा मंगोलियामाथि विश्व कीर्तिमान बनाएको नेपालले दोस्रो खेल माल्दिभ्समाथि पनि सहज जित हासिल गरेको थियो। आज नेपालले पहिलो पटक भारतसँग टि- २० आइ खेल्न लागेको हो। 

भारतले भने विश्वकपलाई मध्यनजर गरेर एसियाड खेल्न दोस्रो रोजाइको टोलीलाई पठाइएको छ। समूह चरण अन्तर्गतको दुवै खेलमा सहज जित निकालेको नेपालले आज भारतसँग पनि नतिजा आफैँ पक्षमा पार्द सेमिफाइनलको यात्रा तय गर्न लक्ष्यमा छ। उता, भारत भने टेस्ट मान्यता प्राप्त राष्ट्र भएकाले गर्दा सिधैँ क्वाटरफाइनलमा पुगेको थियो।

भारतको दोस्रो रोजाइको टोली भएता पनि इन्डियन प्रिमिय लिग आइपिएल र टि- २० खेलिसकेका खेलाडीहरु रहेका छन्। भारतले रुतुराज गाइकवाडको कप्तानीमा टोलीको घोषणा गरेको छ।

भारतलाई पुरुष क्रिकेटअन्तर्गत पदकको दाबेदारीको रुपमा लिइएको छ।

प्रकाशित मिति: : 2023-10-03 06:20:00

प्रतिकृया दिनुहोस्