लुम्बिनीमा मन्त्रीपरिषद् हेरफेर: एक मन्त्रालयसहित सरकारमा गयाे जसपा

फाइल तस्बिर
फाइल तस्बिर

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीले मन्त्री हेरफेर गरेका छन्। जनता समाजवादी सरकारमा सहभागी भएपछि गिरीले मन्त्री हेरफेर गरेका हुन्। 

नयाँ मन्त्रीमा संसदीय दलका नेता भण्डारीलाल अहिर नियुक्त भएका छन्। उनलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ।

जसपा सरकारमा सहभागी भएपछि एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री तुलाराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा तानिएकाे छ।

प्रकाशित मिति: : 2023-02-19 20:24:00

प्रतिकृया दिनुहोस्