‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ए लाई १ सय ६८ रनको विजयी लक्ष्य दिएको छ।
कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९ दशमलव २ ओभरमा १ सय ६७ रन बनाएर अलआउट भयो।
नेपालको लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ खेल। उनी ८५ बलमा ६५ रन बनाएर आउट भए।
त्यस्तै ओपनर कुशल भुर्तेल दोस्रो बलमै शून्य रनमा आउट हुँदा अर्का ओपनर आशिफ शेख पनि ७ रन बनाएर आउट भए। भने, देब खनाल १५ र भीम सार्की ४ रन बनाएर आउट भए।
कुशल मल्ल पनि अंकविहीन रहे।
नेपालले १० ओभरमा मात्रै ३७ रन बनाएर ५ विकेट गुमाइसकेको थियो। तर, त्यसपछि क्रिजमा आएका कप्तान पौडेल र सोमपाल कामीले खेल सम्हालेका थिए।
नोपलका सोमपाल १४, गुल्सन झा ३८, पवन श्राफ ६ र ललित राजवंशी ३ रन बनाएर आउट भए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया