कांग्रेस संसदीय दलको बैठक जारी

नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा जारी छ। 

देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि आज पहिलोपटक बैठक बोलाइएको हो।

बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे छलफल भइरहेको छ।  

प्रतिनिधि सभाको नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदैछ।

संसद बैठकअघि कांग्रेस संसदीय दलको बैठक बसेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते संसदमा विश्वासको मत लिने तयारी छ।

प्रकाशित मिति: : 2023-01-07 14:29:00

प्रतिकृया दिनुहोस्