माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक छान्न सकेन दलको नेता

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक निष्कर्षविहीन बनेको छ। 

संसदीय दलको नेता छनोटका लागि आज बिहानदेखि बसेको बैठक निष्कर्षविहीन बनेको हो।

दलको नेतामा सहमति जुट्न नसक्दा भोलि आइतबार पुनः बैठक बस्ने गरी बैठक टुङ्गिएको प्रदेश सभा सदस्य अक्कल रावलले बताए।

११ जना प्रदेश सभा सदस्य रहेको माओवादीभित्र संसदीय दलको नेताका लागि खगराज भट्ट, ओमविक्रम भाट, अक्कल रावल र मान बहादुर धामी आकाङ्क्षी रहेकोमा अक्कल रावल र मानबहादुर धामीले प्रदेश इन्चार्जसमेत रहेका भट्टलाई समर्थन गरेका छन्। 

भाटले भने दलको नेतामा आफ्नो अडान कायमै राखेका छन्। आज छनोट हुन नसकेपछि भोलि बस्ने बैठकले दलको नेता छनोट गर्ने बताइएको छ।

प्रकाशित मिति: : 2022-12-31 19:19:00

प्रतिकृया दिनुहोस्