एमालेसंगको एकताबारे बजार हल्ला भए जस्तो केही भएको छैन : नरेश शाही

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद नरेश शाहीले सामाजिक सञ्जालमार्फत एमालेसंगको एकताबारे धारणा सार्वजनिक गरेका छन्।

अध्यक्ष शाहीले भने, 'पार्टी एकताको सन्दर्भमा बजार हल्ला भए जस्तो त्यस्तो केही भएको छैन। राजनीतिमा पावर ब्रोकरहरुले आफ्नो मार्केटिङ Value Add को लागि विभिन्न फन्डा ल्याइरहन्छन्, त्यसमा लाग्न जरुरी छैन। मुल कुरा कम्युनिस्ट आन्दोलनमा पुनर्जागरण र बृहत् कम्युनिस्ट सङ्गठन निर्माण, सामाजिक परिवर्तन र समाजवाद स्थापनाको सवाल हो। यसमा खुद्रा मसिना, प्राविधिक कुरामा समाधन खोजिने वा हुने छैन। त्यसैले कमरेडहरु आन्दोलन र सङ्गठन निर्माणको सोच र योजना बनाउने तिर लागौं।'

एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेसंगै एमालेका नेताहरु विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महेश बस्नेत लगायतले नेकपा (एस) का अध्यक्ष माधब नेपाललाई भेट गरी एमालेसंगको पार्टी एकताका बारेमा छलफल चलाइरहेका छन्।

प्रकाशित मिति: : 2022-12-29 12:18:00

प्रतिकृया दिनुहोस्