कांग्रेसबाट निर्वाचित सांसदहरूलाई प्रधानमन्त्रीकाे बालुवाटारमा चियापान

File Photo
File Photo

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट निर्वाचित सांसदहरूलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज बालुवाटारमा चियापान कार्यक्रम अयोजाना गरेका छन्। ३ बजेका लागि बोलाइएको कार्यक्रम भर्खरै सुरु भएको छ।

नवनिर्वाचित सांसदहरूलाई सभापति देउवाले बधाई तथा शुभकामना दिन चियापान कार्यक्रम आयोजना गरिएको स्रोतको भनाइ छ। तर, कतिपय सांसदले भने संसदीय दलको नेताको रुपमा आफूलाई अघि सार्ने तयारीका रुपमा चियापान कार्यक्रम बोलाएको हुनसक्ने अनुमान गरेका छन्।  

प्रकाशित मिति: : 2022-12-17 16:06:00

प्रतिकृया दिनुहोस्