झापामा पूर्वप्रहरीले भतिजलाई गोली हाने अनि आत्महत्या गरे

झापाको गौरादह नगरपालिका–८ बैँरातीमा एक जना पूर्वप्रहरीले गोली हानेर भतिजाको हत्या गर्ने प्रयास असफलपछि आफनै कञ्चटमा गोली हानेका छन्।

आफनै कञ्चटमा प्रहार गरेको गोली लागेर उनको मृत्यु भएको छ। मंगलवार साँझ करिब ६ः३० बजे अन्दाजी ३५ वर्षीय विरेन साहले आत्महत्या गरेका हुन्।

मृतक साहले आफ्नै घरको आँगन बाहिर १३ बर्षिय भतिजा हेमराज साहमाथि गोलि प्रहार गरेर घाइते बनाएका थिए। लगत्तै विरेनले घर नजिकको बाँस झ्याङमा पसेर आफैंलाई टाउकोमा गोली हानेर आत्महत्या गरेका गौरादह–८ का वडाध्यक्ष गणेश राजवंशीले जानकारी दिएका छन्।

उनले आफनै भतिजालाई गोली हान्नुको कारण खुलेको छैन। उनले प्रयोग गरेको पेस्तोल लगायत समग्र घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घाइते हेमराजलाई ढाडमा गोली लागेको छ। उनको बिएण्डसी अस्पातल विर्तामोडमा उपचार भइरहेको छ। भतिजा हेमराजको अवस्था खतरामुक्त रहेको उनका काका विष्णु साहले बताएका छन्। मृतक साह गौरादह नगरपालिका–८ का सिताराम साहका छोरा हुन्।

प्रकाशित मिति: : 2022-10-19 07:21:00

प्रतिकृया दिनुहोस्