बरुण हाइड्रोपावरले कात्तिक १४ गतेदेखि ३ लाख ५५ हजार कित्ता सेयर लिलामीमा ल्याउने

File photo
File photo

बरुण हाइड्रो पावरको कात्तिक १४ गतेदेखि सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ। लिलामी भर्ने अन्तिम म्याद कात्तिक २१ गतेसम्म तोकिएको छ। यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

बरुण हाइड्रो पावरले भदौ ६ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। कम्पनीले २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २३ लाख २४ हजार १५ कित्ताका लागि मात्र आवेदन परेको थियो। त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर अब लिलामीमा ल्याउन लागेको हो।

यसमा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड टेकु, काठमाडौंबाट आवेदन दिन सकिनेछ। यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरु वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग, बुटबल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड,हेटौडा,तुलसीपुर, महेन्द्रनगर विराटनगर र पोखराबाट पनि आवेदन दिन पाइनेछ।
 

प्रकाशित मिति: : 2022-10-16 12:26:00

प्रतिकृया दिनुहोस्