मोरङ–४ मा एमालेका विनोद ढकालले गराए उम्मेदवारी दर्ता

मोरङ क्षेत्र नम्बर–४ मा नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्।

ढकालले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेरे उम्मेदवार दर्ता गराएका हुन्। उनीसँगै प्रदेशसभाका उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गरेका छन्।

क्षेत्र नम्बर ४ को प्रदेश (क) बाट जयप्रकाश चौधरी र (ख) बाट जीवन घिमिरेले पनि उम्मेदवार दर्ता गराएका छन्।

यसअघि ४ (ख) जसपाको भागमा परेको थियो। क्षेत्र नम्बर ५ का सबै निर्वाचन क्षेत्र जसपालाई दिने सहमतिमा ४ (ख) एमालेले पाएको थियो।

प्रकाशित मिति: : 2022-10-09 16:00:00

प्रतिकृया दिनुहोस्