घाँटीमा मासुको हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु

File photo
File photo

मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन्।

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो। उनको पुरानो मेडिकल कलेज पु¥याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: : 2022-10-04 13:38:00

प्रतिकृया दिनुहोस्