धराैटी बुझाएर छुटे रवि लामिछाने

File Photo
File Photo

सहकारीको रकम ठगीमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति जिल्ला अदालत कास्कीमा धरौटी बुझाएर छुटेका छन्। 

बिहीबार उनलाई कास्की अदालतले ६५ लाख धराैटी बुझाएर छाड्न आदेश दिएको थियाे। त्यसलगत्तै लामिछानेले धराैटी बुझाएपछि प्रहरीले उनलाई छाडेको हाे। 

उनीविरुद्ध पोखराकाे सूर्यदर्शन सहकारीसँगै रुपन्देही, चितवन, पर्सा र काठमाडौँमा पनि सहकारीको रकम ठगी गरेको मुद्धा छ।

कास्की अदालतले उनलाई सूर्यदर्शन सहकारीको रकम ठगीमा छाड्न आदेश दिएपनि अन्य जिल्लामा मुद्धा भएका कारण लामिछाने फेरि पक्राउ पर्न सक्ने अधिवक्ताहरूले बताएका थिए। 

यद्यपि लामिछानेलाई अन्य ठाउँमा आफै उपस्थित हुने गरी परिवारकाे जिम्मा लगाइएको छ। 

गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

लामिछाने कात्तिक २ गते काठमाडाैँबाट पक्राउ परेका थिए।

याे पनि– रवि र छविसहित सातै जनालाई रिहा गर्न आदेश, काेसँग कति धरौटी माग?

प्रकाशित मिति: : 2025-01-09 20:27:00

प्रतिकृया दिनुहोस्