बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। कास्की जिल्ला अदालतले धरौटीमा रिहा गरे पनि उनी अहिल्यै भने छुट्ने छैनन्।
काठमाडौंमा पनि उनिविरुद्ध मुद्दा छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि उनिविरुद्ध मुद्दा परेको छ। जाहेरीअनुसारको मुद्दामा पेश गर्न उनलाई प्रहरीले पोखराबाट काठमाडौं ल्याउनेछ। उनिविरुद्ध रुपन्देहीमा पनि मुद्दा छ।
तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए।
त्यस्तै सहकारी ठगीसम्बन्धी मुद्दाकै आरोपित पूर्वडीआइजी छविलाल जोशीलाई पनि अदालतले ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया