बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। कास्की जिल्ला अदालतले धरौटीमा रिहा गरे पनि उनी अहिल्यै भने छुट्ने छैनन्।
काठमाडौंमा पनि उनिविरुद्ध मुद्दा छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि उनिविरुद्ध मुद्दा परेको छ। जाहेरीअनुसारको मुद्दामा पेश गर्न उनलाई प्रहरीले पोखराबाट काठमाडौं ल्याउनेछ। उनिविरुद्ध रुपन्देहीमा पनि मुद्दा छ।
तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए।
त्यस्तै सहकारी ठगीसम्बन्धी मुद्दाकै आरोपित पूर्वडीआइजी छविलाल जोशीलाई पनि अदालतले ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया