बिएल संवाददाता
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वडीआइजी छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश दिइएकाे छ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले जाेशीलाई ८८ लाख धराैटीमा छाड्न आदेश दिएकाे हाे।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी असोज ६ गते पक्राउ गरेका थिए।
जाेशीविरुद्ध पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको थियाे।
यसैगरी कास्की अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भने ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जोशी र लामिछानेसहित लिला पछाईं, रामबहादुर खनाल, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश दिएको छ।
पछाईंसँग ३७ लाख रुपैयाँ, खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ भने यस्तै, मिना गुरुङसँग ५ लाख रुपैयाँ, कृष्णबहादुर गुरुङसँग १ लाख रुपैयाँ र आरती गुरुङसँग ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया