बिएल संवाददाता
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वडीआइजी छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश दिइएकाे छ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले जाेशीलाई ८८ लाख धराैटीमा छाड्न आदेश दिएकाे हाे।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी असोज ६ गते पक्राउ गरेका थिए।
जाेशीविरुद्ध पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको थियाे।
यसैगरी कास्की अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भने ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जोशी र लामिछानेसहित लिला पछाईं, रामबहादुर खनाल, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश दिएको छ।
पछाईंसँग ३७ लाख रुपैयाँ, खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ भने यस्तै, मिना गुरुङसँग ५ लाख रुपैयाँ, कृष्णबहादुर गुरुङसँग १ लाख रुपैयाँ र आरती गुरुङसँग ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया