इण्डो–अमेरिकी रणनीतिमा घुमिरहेको नेपाली सत्ता

Break n Links
Break n Links

नेपालमा एमसीसी परियोजना लागू भएदेखि नै इण्डो–अमेरिकी रणनीति एक साथ अघि बढिरहेको अवस्था छ। गएको असार १७ गते काँग्रेस र एमालेबीच सत्ता साझेदारी गर्दा भएको सात बुँदे सहमतिमा भएको दोस्रो बुँदामा संविधान संशोधन गर्ने उल्लेख गरेको विषयमा यतिबेला प्रक्रिया अघि बढाउन दलहरू छलफलमा छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश भारतको भ्रमण हुन नसकिरहँदा सरकारको आयुका विषयमा अड्कलबाजी चल्न सुरु भएका छन्।

ओली नेतृत्वमा बनेको सरकार इण्डो–अमेरिकी नीतिभन्दा फरक रोडम्यापबाट अघि बढिरहेको भारत र अमेरिकी एजेन्सीहरूको विश्लेषण रहँदै आएकाले ती शक्तिहरू नेपालमा सत्ता समीकरण फेर्न प्रयासरत रहेको बुझिन्छ। त्यसका लागि नेकपा काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक कित्तामा उभ्याउने प्रयास भइरहेका प्रस्टै थाहा हुन्छ।

त्यसैगरी राप्रपा, मधेस केन्द्रित केही दलहरूलाई समेत सत्ता साझेदार बनाउने प्रयास भइरहेका स्रोतहरू बताउँछन्। यता प्रधानमन्त्री ओलीलाई सत्ता समीकरणको सहयात्रामा विश्वासमा राखेर काँग्रेस सभापति देउवाले महामन्त्री थापामार्फत नयाँ सत्ता समीकरणको प्रयास थालेको उच्च स्रोतको दावी छ।

काँग्रेस सभापति देउवा र महामन्त्री थापा ओलीलाई लामो समय साथमा लिएर अघि नबढ्ने रणनीतिमा रहेको उच्च स्रोतको दावी छ। त्यही रणनीतिलाई निष्कर्षमा पुर्याउनसमेत महामन्त्री थापा भारत पुगेको स्रोतको दावी छ। महान्त्री थापा गएको साता भारत पुगेका थिए। यद्यपि महामन्त्री थापाको भ्रमण निजी रहेको उनको सचिवालयले प्रष्टी करण दिइरहेको छ।

सभापति देउवा र महामन्त्री थापा नयाँ सत्ता समीकरणलाई लिएर इण्डो–अमेरिकन समर्थनसहित सत्ताको कम जोखिमका लागि गृहकार्यमा रहेको स्रोत बताउँछन्। प्रधानमन्त्री ओलीले संविधान संशाेधनको उपायबाट मधेस केन्द्रित दल र छिमेकी भारतको समर्थन खोजिरहेका छन्। तर यस विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूका बीचमा आवश्यक छलफल र तयारी हुन सकिरहेको छैन।

यसैबीच माओवादीका उपमहासचिव वर्षमान पुनले रुकुम–पूर्वको भूमे गाउँपालिकामा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सत्ता साझेदार दल नेपाली काँग्रेसले वर्तमान सरकार फेर्ने प्रस्ताव ल्याएको दाबी गरेका छन्। यसैबीच माओवादीका कतिपय नेताहरू जनयुद्धकालको लखनउ सेल्टर पुनः प्रयोग गरिरहेका स्रोतहरू बताउँछन्।

मधेस झरेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८४ को चुनावअघि नै काँग्रेससँग सत्ता सहकार्य समाप्त हुने बताए। जनकपुर पुगेका एमाले महासचिव पोखरेलले सञ्चारकर्मीसँग त्यस्तो बताएका हुन्।

अमेरिकामा डोनाल्ड ट्रम्प चुनिएसँगै वैश्विक स्तरमा भइरहेका ध्रुवीकरणका बाछिट्टा नेपालमा समेत पर्न सक्ने सम्भावना कायम नै छन। जसरी ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने र पाकिस्तानमा इमरान खानलाई रिहाई गर्न दबाब दिइरहेका छन्।

यसबीचमा भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले २४ डिसेम्बरदेखि २९ सम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गरेका छन्। उनले बाइडेन प्रशासनका अधिकारीहरू र ट्रम्प ट्रान्जिसन टिमका सदस्यहरूसँग भेट गरेका छन्। बंगलादेशको पछिल्लो राजनीतिक परिवर्तनका विषयमा प्रतिकुलताको दबाब भारतले महसुस गरिरहेको छ।

एस.जयशंकरको अमेरिका भ्रणलाई लिएर यता केही चिनियाँ विश्लेषकहरूले भ्रमणको उद्देश्य अमेरिकी–भारत सम्बन्धमा निरन्तरता कायम राख्नु र अमेरिकी ’इन्डो–प्यासिफिक रणनीति’को निरन्तरता सुनिश्चित गर्नु भएको बताइरहेका छन्। भातीय विदेश मन्त्री जयशंकर २४ डिसेम्बरदेखि २९ डिसेम्बरसम्म अमेरिका भ्रमणमा थिए। जयशंकरको भ्रमणमा उनले आफ्ना समकक्षीहरूसँग द्विपक्षीय, क्षेत्रीय र वैश्विक मुद्दाहरूमा छलफल बुझिएको छ।

एस.जयशंकरको अमेरिका भ्रमणले अमेरिका–भारत सम्बन्धमा निरन्तरता कायम राख्न र अमेरिकी ‘इन्डो–प्यासिफिक रणनीति’ को निरन्तरता र स्थिरता सुनिश्चित गर्न थप बल पुग्ने देखिन्छ। साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन संस्थानको दक्षिण एशिया अध्ययन केन्द्रका निर्देशक लिउ जोङईले एक मिडिया ब्रिफमा बोलेका छन्।

केही वर्षअघि भारतीय सेनामा हुने 'अग्निविर' भर्तीलाई लिएर देउवा सरकारले लिएको निर्णयमाथि भारतीय पक्ष असन्तुष्ट थियो। पुष्पकमल दाहालसँग समेत यो विषयमा भारतीय पक्ष सन्तुष्ट देखिएन। भारतीय सेनामा गोर्खा भर्ती अग्निविरकै कारण रोकिँदै आएको छ।

भारतीय जनता पार्टी (भाजपा) निकट रहेको थिङ्क ट्यांक ‘इन्डिया फाउन्डेसन’ले २७३ साल १९ कात्तिकमा गोवामा आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि देउवाले भारतको संस्थापन पक्षसँग राजनीतिक र व्यक्तिगत सम्बन्ध सुधार गरेका थिए। यतिबेला भने अमेरिकी र भारतीय खुफिया एजेन्सीहरू ’सिआईए र रअ’ दुवै नेपाल मामलामा कतिपय मिसनलाई सँगसँगै चलाइरहेको स्रोतहरू बताउँछन्।

प्रकाशित मिति: : 2025-01-04 19:00:00

प्रतिकृया दिनुहोस्