‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
थाइल्यान्डका नेपालीहरूले स्वर्गीय राजा भूमिबोल अदूल्यादेजको विशेष सम्झना गरेका छन्। साेमबार एकाबिहानै सामाजिक काममा जुटेर उनीहरूले लोकप्रिय राजालाई स्मरण गरेका हुन्।
स्वर्गबास भएका थाई राजा भूमिबोलको जन्मदिनको अवसरमा थाई नेपाली संघ फुकेट शाखाका पदाधिकारी र स्वायमसेवकले ‘पतोङ समुन्द्री तट’ छेउमा वृक्षारोपण र सरसफाइ गरेका छन्।
थाई राजालाई थाई नेपाली, बर्मेली नेपाली र नेपालका नेपालीहरू भगवानझैँ ठान्छन्।
स्वर्गीय राजाको विशेष समारोहमा थाई नेपालीहरू खास सम्झना गर्छन्।
राजा जन्मिएको दिनको सम्झना गर्दै समुन्द्री तटमा वृक्षारोपण र सरसफाइ गरेको थाई नेपाली संघ फुकेट शाखाका अध्यक्ष जगतनाथ निरौलाले बताएका छन्।
८८ वर्षको उमेरमा संसार त्यागेका भूमिबोललाई थाई नागरिकहरू सबैभन्दा शक्तिशाली राजा मान्छन्। थाई मात्रै होइन, नेपालीहरू पनि उनी जन्मिएको दिनलाई ‘नेशनल फादर डे’का रुपमा मनाउँछन्।
आजको दिनलाई थाई नेपालीहरू आफ्नो सौभाग्य र कर्तव्य ठान्छन्।
उनीहरू धुमधामसँग राजाको जन्मजयनती मनाउँछन्। भूमिबोल थाइल्यान्डमा लामो समय राजसिंहा सम्हालेका जनप्रिय राजा हुन्।








‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया