मुटुको धमनी अचानक बन्द हुनु नै हृदयघात हुनु हो। मुटुको धमनीमा कोलोस्टोर बढी जम्मा भएर जमेको रगतका टुक्राहरूले धमनीको भित्री भागलाई च्यापेका हुन्छन्। शरीरमा रगत जम्मा भई पूरै बन्द भएको पनि हुनसक्छ। त्यही नै हृदयघात भएको अवस्थामा हो।
धमनीमा अवरोध भएमा छातीको बीचमा वा देब्रेतिर दुख्ने, पसिना आउने र बेहोसी पनि हुनसक्छ।
सुरुमा त एकदमै साधारण दुखाई हुनसक्छ। तर जब हृदयघात भइसकेको अवस्था हुन्छ, त्यो अवस्थामा पुगिसकेपछि मात्रै एकदमै दुख्ने वा सास फेर्ने कठिनाइ हुनसक्छ।
हृदयघात भएका बिरामीलाई एक घण्टाभित्रमै अस्पतालमा पुर्याइहाल्नुपर्ने हुन्छ। त्यसमा पनि हरेक ५० जना त्यस्तो अवस्थाका बिरामीमध्ये ३३ जनालाई बचाउन सकिन्छ।
त्यसैले पनि हामीले मुटुको नियमित चेकजाँच गर्ने वा २५ वर्ष उमेरपछि त शरीरको पूरै चेकजाँच (होल बडी चेक) गराउनैपर्छ। त्यसले हाम्रो मुटुको नियमितता थाहा हुन्छ।
उकालो चढ्दा, साइकल चलाउँदा वा भर्याङ चढ्दा शरीर भारी हुन्छ। कुनै शारीरिक कसरत गर्दा पनि त्यस्तै गाह्रो हुनसक्छ। यस्तो कम्तिमा ७० प्रतिशत बिरामी मानिसलाई हुनसक्छ।
छाती धेरै दुख्ने हुन्छ। मानसिक रुपमा तनाव हुन्छ र कसैकसैको हातखुट्टा दुख्ने पनि हुनसक्छ।
यो रोग बालबालिकामा विरलै हुन्छ। खासगरी हाम्रो अनुभवमा पहिला पहिला ५० वर्ष उमेर समूहको मान्छेलाई एक प्रतिशत जति देखिन्थ्यो। अहिले त प्राय २५ वर्ष उमेर समूहदेखिकै मानिस हृदयघातबाट पीडित भएको देखिन्छ।
हृदयघात किन हुन्छ, त्यसको यकीन कारण अहिलेसम्म नेपालमा भएको छैन। त्यसको मुख्य कारण हृदयघात के कारणले हुन्छ भन्ने कुरा अहिलेसम्म नेपलमा मुख्य कारण पत्ता लगएको छैन।
खासगरी नेपालीहरूको कुरा गर्दा सुगरका बिरामी, धूम्रपान र मद्यपान गर्नेहरू, शारीरिक परिश्रम नगर्ने, मानसिक तनाव भएकाहरू, मोटोपन धेरै भएका मान्छेहरूलाई पनि यस्तो भएको हामीले पाएका छौँ।
उमेर जति बढ्दै गयो, त्यति नै हृदयघात हुने सम्भावना पनि बढी नै हुन्छ। खासगरी यो पुरुषहरूमा धेरै देखिन्छ। तर महिनावारी बन्द भएका महिलाहरूमा पनि यो हृदयघात देखिन्छ।
दक्षिणपूर्वी एसियातिर धेरै नै मानिसलाई पीडित बनाइरहेको हृदयघात खासमा वंशाणुगत पनि हुनसक्छ। अहिलेसम्मको अनुभवमा नेपालीले अपनाउने जीवनशैली, खानपिनले पनि हृदयघातको सम्भावना बढी हुनसक्छ।
प्रस्तुति: मिनु गोले