
बिएल संवाददाता
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेलाई धराैटीमा छाड्न आदेश दिएपछि एमाले नेता महेश बस्नेतले मन दुखाएका छन्।
रविलाई ६५ लाख रुपैयाँ धराैटीमा छाड्न दिएको आदेश लगत्तै बस्नेतले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्– ‘यती गम्भीर प्रकृतिको मुद्दामा पूर्वपक्ष नहानेको सायद यो पहिलो घटना हो।’
उनले अदालतकाे फैसलालाई सम्मान गर्ने भन्दै यस्तो फैसलाले सम्पूर्ण सहकारीहरू डुब्ने अवस्था सृजना हुने लेखेका छन्।
अगाडी लेखेका छन्, ‘अदालतको फैसलाको सम्मान गर्नैपर्छ। तर यो फैसलाले सम्पूर्ण सहकारीहरू डुब्ने र पीडितहरू अझै पीडित हुने पीडकहरू अझ उत्साहित भएर ठगीकार्यमा संलग्न हुने स्थिति देखिन्छ’, उनले
यस्तो छ बस्नेतको स्टाटस्
सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने लगायतलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएछ । यती गम्भीर प्रकृतिको मुद्दामा पूर्वपक्ष नहानेको सायद यो पहिलो घटना हो। यो भन्दा अगाडि यस्तै प्रकृतिका योभन्दा निकै कमजोर मुद्दामा कास्की जिल्ला अदालतले नै आरोपीहरुलाई पूर्वपक्षमा राखेको नजिर छ। अदालतको फैसलाको सम्मान गर्नैपर्छ। तर यो फैसलाले सम्पूर्ण सहकारीहरू डुब्ने र पीडितहरू अझै पीडित हुने पीडकहरू अझ उत्साहित भएर ठगीकार्यमा संलग्न हुने स्थिति देखिन्छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया