उर्लाबारीमा करेन्ट लागेर मजदुरको मृत्यु 

मोरङको उर्लाबारीमा फलामको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

मोरङको कटहरी-२ घर भएका ३५ वर्षीय उद्धव परियारको फलामे सिडि वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। 

उर्लाबारी-१ पिपलडागीमा उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सिडिको वेल्डिङ गर्दै गर्दा करेन्ट लिक हुँदा परियारको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। 

शवको पोष्टमार्टमकालागि मोरङको मङ्गलवारे पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-29 22:59:00

प्रतिकृया दिनुहोस्