डा. सुनिल शर्माले गर्दिए मुटुरोगी चौधरीको निःशुल्क उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले मोरङको पथरीशनिश्चरे–८ सोमबारेका बृद्ध कालिचरण चौधरीको मुटुको उपचार निःशुल्क गराइदिएका छन्।

बिपन्न परिवारका ७२ वर्षीय चौधरीलाई नोबेल अस्पतालमा निःशुल्क उपचार गरिएको हो।

स्वास्थ्यमा समस्या बढेपछि चौधरी परिवारले कालिचरणलाई नोबेल अस्पताल ल्याएका थिए। नोबेलमा परीक्षण गर्दा उनको मुटुमा ‘पेसमेकर’ राख्नुपर्ने देखियो। डाक्टरले पेसमेकर राख्नका लागि तयारी गर्न सुझाव दिएका छन्। तर, दयनीय आर्थिक अवस्थाको चौधरी परिवारसँग उपचारका लागि खर्च गर्ने पैसा थिएन।

कालिचरणका छोरा बैदेशिक रोगजारीका लागि भर्खरै दुवई गएका छन्, विदेश जाँदा लागेको ऋण पनि तिरिसकेका छैनन्। घर बनाउँने काममा ज्यालादारी मजदुरी गरेर बुहारीले घर धान्दै आएकी छन्। चौधरी परिवारसँग घर भएको १० धुर जग्गा बाहेक अन्य सम्पत्ति छैन। पैसा नभएका कारण उपचार कसरी गराउँने भन्ने समस्याले उनीहरूलाई पिरोलेको थियो।

डा. शर्माले चौधरी परिवारको अवस्था थाहा पाएपछि निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन्। विपन्न नागरिक औषधि उपचार कोषबाट पनि उपचारमा सहुलियत प्राप्त भयो। बाँकी सम्पूर्ण उपचार खर्च डाक्टर शर्माले निःशुल्क गराइदिएका हुन्।

पैसा अभावमा उपचार गर्न नसकिरहेका बेला डा.शर्माले उपचारमा सहयोग गरेको भन्दै विरामी कालिचरणकी बुहारी गुञ्जा चौधरीले खुशी व्यक्त गरिन्। ‘पैसा नभएर उपचारमा समस्या भइरहेका बेला सुनिल सरले सबै उपचार खर्च निःशुल्क गरेर ठूलो गुन लगाउनुभयो,’ चौधरीले भनिन्।

उपचारका क्रममा करिब १ हप्ताको अस्पताल बसाईपछि चौधरी अहिले डिस्चार्ज भएर घर फर्किएका छन्। अहिले उनको स्वास्थ्य अवस्था समान्य रहेको परिवार स्रोतले जनाएको छ।

डा. शर्माले यसअघि पनि गरिब तथा बिपन्न हजारौं विरामीलाई निःशुल्क उपचार गराइसकेका छन्। अरूको दुखमा साथ दिदै आएका डा. शर्माले सडकमा भेटिने वेवारिसे विरामीहरूलाई पनि नोबेल अस्पताल ल्याई उपचार गराउँने गरेका छन्। उनले कतिपय विपन्न विरामीलाई आर्थिक सहयोग पनि गरेका छन्।

समाजसेवाका क्षेत्रमा बेग्लै पहिचान बनाएका डा. शर्मालाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार बनाउँन सिफारिस पनि गरेको छ।

प्रकाशित मिति: : 2022-09-19 06:21:00

प्रतिकृया दिनुहोस्