प्रदेशसभाको बैठक भदौ १७ गते

File Photo
File Photo

प्रदेश नं १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ।

गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक यही भदौ १७ गते दिउँसो १ बजे तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए।

लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ। बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ।

प्रकाशित मिति: : 2022-08-31 11:08:00

प्रतिकृया दिनुहोस्