मुख्यमन्त्रीको अभिव्यक्तिले नामाकरणको ढोका बन्द भयो : पूर्वमुख्यमन्त्री राई

File Photo
File Photo

प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण गर्न वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले ढोका बन्द गरिदिएको आरोप लगाएका छन्।

प्रेस चौतारी धनकुटाले बुधबार आयोजना गरेको निर्वाचन लक्षित कार्यक्रममा बोल्दै राईले वर्तमान मुख्यमन्त्रीले नामकरणका विषयमा संविधानविपरीत अभिव्यक्ति दिँदा नामाकरण हुन नसकेको बताए।

साढे तीन वर्ष प्रदेशको नेतृत्व गरेका एमालेका स्थायी समिति सदस्यसमेत रहेका राई आफ्नो कार्यकालमा राजनीतिक दलहरुबिच सहमति जुट्न नसकेका कारण नाम आउन नसकेको बताए। उनले नामाकरण गर्न एमालेले सधैँ प्रयाग गर्ने बताए।

‘वर्तमान सरकारमा मुख्यमन्त्रीले नामकरणका विषयमा संविधानविपरीत अभिव्यक्ति दिँदै हिँडेका छन्,’ राईले भने, ‘देश विखण्डन गर्नेसम्मको अभिव्यक्ति दिएका कारण नामाकरण पेचिलो बनेको हो।’

प्रकाशित मिति: : 2022-08-10 12:59:00

प्रतिकृया दिनुहोस्