सैनिक विमान चढेर माल्दिभ्स पुगे राजपक्षे

ANI News
ANI News

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे सैनिक विमान चढेर माल्दिभ्स पुगेका छन्। उनी बुधबार बिहान भागेर माल्दिभ्स पुगेका हुन् ।  

७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ। उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ। 

श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक बिरोध प्रदर्शन भइरहेका बेला उनी  सेनाको एउटा विमानमा चढेर देश छाडे ।

राजपाक्षेको यो पलायनले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ। शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए। 

राष्ट्रपतिले यसअघि १३ जुलाई अर्थात आज राजीनामा दिने वाचा गरेका थिए। उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ। उनी अमेरिका जाँदै गरेको बताइएको छ।

राष्ट्रपति भागेपछि केही प्रदर्शनकारीले खुशीयाली मनाएका छन्।

प्रकाशित मिति: : 2022-07-13 06:34:00

प्रतिकृया दिनुहोस्