श्रीलंका संकटः राष्ट्रपतिले गरे राजीनामा दिएको पुष्टि

File Photo
File Photo

श्रीलंकाका संकटग्रस्त राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो राजीनामा पुष्टि गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।प्रदर्शनकारीहरूले दुबै नेताको सरकारी निवास कब्जा गरिरहेका बेला राष्ट्रपतिले आफ्नो राजीनामा पुष्टि गरेका हुन्।

प्रदर्शनकारीहरूले अझै पनि राष्ट्रपति भवन र प्रधानमन्त्री निवास कब्जा गर्दै छन् र नेताहरूले पद त्याग नगरेसम्म बाहिर निस्कन अस्वीकार गर्दै आएका छन्। गोटाबायाले १३ जुलाइमा राजीनामा दिने संसदका सभामुखले बताएका छन् तर उनको घोषणाप्रति धेरै प्रदर्शनकारीले शंका व्यक्त गरेका छन्।

सोमबार प्रधानमन्त्री रनिल विक्रमासिंघेको कार्यालयले एक विज्ञप्ति जारी गर्दै राजापाक्षेले बुधबार राजीनामा दिने औपचारिक जानकारी दिएको जनाएको छ । तथापि, राजापाक्षेबाट कुनै प्रत्यक्ष शब्द आएको छैन। 

श्रीलंकाको संविधानअनुसार संसदको सभामुखलाई पत्र पठाएपछि मात्र उनको राजीनामा औपचारिक रूपमा स्वीकार हुन्छ।तसर्थ, पत्र पठाएपछि मात्र औपचारिक रुपमा उनले पदबाट राजीनामा दिएको पुष्टि हुनेछ।  

प्रकाशित मिति: : 2022-07-11 10:59:00

प्रतिकृया दिनुहोस्