जापानका पूर्वप्रधानमन्त्री आवेमाथि गोली प्रहार, अवस्था गम्भीर

Reuters
Reuters

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ।

नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

जापानको समाचारसंस्था एनएचकेका अनुसार भाषण गरिरहेका शिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो। गोली लागेपछि उनी ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको बीबीसीले जनाएकाे छ।

समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ। जापानमा हाते बन्दुक प्रतिबन्धित छ। त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ।

टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे "मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा" भएको बताएका छन्।

को हुन् आबे?

शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्।

स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए। पछि उनले आफू पेटको रोगबाट पीडित भएको बताएका छन्।

योशिहिदे सुगा उनको उत्तराधिकारी बने। त्यसपछि फुमिओ किशिदा जापानको प्रधानमन्त्री बने।

प्रकाशित मिति: : 2022-07-08 09:08:00

प्रतिकृया दिनुहोस्