प्रदेश १ का प्रमुख सचिवको सरुवा

प्रदेश १ सरकारका प्रमुख सचिव रामप्रसाद घिमिरेको सरुवा भएको छ।

उनको प्रधानमन्त्रीको कार्यालयमा काठमाडौँ सरुवा भएको हो। बुधबार उनले सरुवा पत्र बुझेका छन्।

त्यस्तै केही दिन अघि सचिवमा बढुवा भएका विनोद प्रकाश सिंह प्रदेश १ मा प्रमुख सचिवका रुपमा सरुवा भएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिवबाट बढुवा भएका सिंह केही दिनमा प्रदेश १ आउने छन्।

अहिले रहेका प्रमुख सचिव घिमिरे गत वर्ष साउनमा बढुवा भएपछि प्रदेश १ मा आएका थिए।

प्रकाशित मिति: : 2022-06-23 13:12:00

प्रतिकृया दिनुहोस्