प्रग मझुवागढी परिसर सरसफाई

प्रगतीशिल युवा सञ्जालले खोटाङले धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी परिसर सरसफाई गरेको छ।

सञ्जालमा आवद्ध युवाको समूहले शनिबार दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित कालिका भगवती देविस्थान जाने सिँढी तथा गढी परिसर आसपासमा यत्रतत्र छरिएका फोहोरमैला सरसफाई गरेको हो।

दर्शन एवं भ्रमणका लागि मझुवागढी जाने स्थानीयले जथाभावी मिल्काएका शिशा तथा प्लाष्टिकका बोत्तल, बिस्कुट, चाउचाउ लगायतका फोहोरमैला संकलन गरेर जलाइएको प्रगतीशिल युवा सञ्जालका अध्यक्ष यलम्बर राईले बताएका छन्। 

मझुवागढी सरसफाई अभियानलाई निरन्तरता दिइने सञ्जालले जनाएको छ। सञ्जालले मझुवागढीमा लगातार दुई पटक सरसफाई गर्ने योजना अघि सारेको छ।

प्रकाशित मिति: : 2022-05-29 06:11:00

प्रतिकृया दिनुहोस्