मीटूबारे प्रश्न सोध्दा स्थापितले भने : बैनीको फेस त नाइस छ, थुतुनो भएन

एमालेबाट काठमाडौं महानगरपालिकाकाे मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले फेरि आपत्तिजनक अभिव्यक्ति दिएका छन्।

धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार आयोजना गरेको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ नामक अन्तरक्रिया कार्यक्रममा उनीमाथि लागेको यौनदुर्व्यवहारको आरोपबारे प्रश्न सोध्दा अभियानकर्मी भावना राउतलाई स्थापितले दुर्व्यवहार गरेका हुन्।

उनले अन्तरक्रियाका क्रममा बसेका ठाउँबाट जंगिदै उठेर भने,‘यो बैनीको फेस त नाइस छ, थुतुनो भएन।’

मीटू आरोप गलत भएको कुरा प्रमाणित गरेरै छाड्ने स्थापितको दाबीलाई लक्षित गर्दै भावनाले सोधेकी थिइन्,‘निर्दोष छु भनेर कि प्रमाणित गर्नुस् अथवा प्रमाणित गर्न सक्नुहुन्न भने तपाईं यो ठाउँमा बस्ने नैतिकता राख्नुहुन्छ र ?’

काठमाडौं महानगरपालिकाका पूर्वमेयरसमेत रहेका स्थापितलाई पूर्वकर्मचारी रश्मिला महर्जन र पत्रकार उज्ज्वला महर्जनले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए।

प्रकाशित मिति: : 2022-04-28 15:38:00

प्रतिकृया दिनुहोस्