राप्रपाका वडाध्यक्ष अधिकारीको दुर्घटनामा मृत्यु

राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा–१ का अध्यक्ष नरेन्द्र अधिकारीको दुर्घटनामा आज साँझ मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका अधिकारीको दुई दिनदेखि बीएण्डसी टिचिङ अस्पतालमा उपचार भइरहेको थियो। ट्रिपरको ठक्करबाट दुई दिनअघि घाइते भएका अधिकारीलाई बचाउने चिकित्सकीय प्रयास असफल भएको हो।

राप्रपा झापाको साँस्कृतिक बिभागका प्रमुख समेत रहेका अधिकारीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जिल्ला अध्यक्ष केशव ओझाले बताएका छन्।

भाषा, कला, साहित्य संस्कृति प्रवर्दन समिति, अर्जुनधारा–१ का संयोजक समेत रहेका अधिकारी शालिन र मिलनसार स्वभावका थिए।

प्रकाशित मिति: : 2022-04-12 22:59:00

प्रतिकृया दिनुहोस्