बानाको संस्थापन पक्षद्वारा मतदाताको व्यक्तिगत सूचना दुरूपयोग

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

बानाको निर्वाचनमा संस्थापन पक्षमाथि मतदाताको व्यक्तिगत सूचना दुरूपयोग गरेको गम्भीर आरोप लागेको छ। मतदाताको व्यक्तिगत फोन नम्बरमा सुबोध विलास पन्तको समुहलाई मतदान गर्न आव्हान गर्दै उनीहरूले २२६३ मतदातालाई नै मेसेज पठाएको बताइएको छ।

अमेरिकामा व्यक्तिगत सूचना अत्यन्तै महत्वपूर्ण मानिन्छ र सम्बन्धित व्यक्तिको अनुमति नलिइ प्रयोग गरेमा त्यस विरूद्ध 'हिप्पा' उलंघन गरेको आरोपमा गम्भीर प्रकृतिको मुद्दा लाग्छ। यसलाई एक किसिमको साइबर क्राइम नै मानिन्छ। 

यस विषयलाई गम्भीरतापूर्वक लिएको र त्यसविरूद्ध उचित प्रक्रिया अपनाइने हिरा लाल गुरूङ समुहका चुनावी क्याम्पेन म्यानेजरले बताएका छन्। उनले जसजसको नाममा त्यस्तो मेसेज आउको छ, ती सबैको स्क्रिन सट राखेर निर्वाचन समितिलाई उजुरी दिने र त्यसको उचित सुनुवाई नभए कानूनी प्रक्रियामा बताए। 

यस बारेमा संस्थापन पक्षका कोही पनि खुलेर बोल्न चाहेनन् । नाम बताउन नचाहने एक ट्रस्टीले भने, नगर्ने काम भएको छ। यसको परिणाम गर्नेहरूले भोग्छन्।' 

यो ठाडै निर्वाचन आचारसंहिताको पनि उलंघन भएको बताउँदै एक मतदाताले यसबारेमा निर्वाचन समिति आँखामा पट्टी बाँधेर बसेको छ। उनले भने, यसले पनि निर्वाचन समिति निस्पक्ष छैन भन्न सकिन्छ। ' 

यो समाचार पनि पढ्नुहोला 
बाना निर्वाचनको मत सर्भेक्षण सार्वजनिक, हिरा गुरूङ ४ % मतले अगाडि

प्रकाशित मिति: : 2022-04-03 07:55:00

प्रतिकृया दिनुहोस्