‘संसारकै गरिब राष्ट्रपति’काे निधन

उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ। मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ।

उनी सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति थिए। 

उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डू ओर्सीले एक्समा मुहिकाको मृत्युको जानकारी दिँदै लेखेका छन्, ‘तपाईंले हामीलाई जे जति दिनुभयो, त्यसका लागि धन्यवाद।’
उनी लामो समयदेखि क्यान्सर पीडित थिए। 

राष्ट्रपति रहँदा र भइसकेपछिको जीवन पनि उनी निकै साधारण तरिकाले बाँचे। त्यही कारण उनलाई विश्वकै गरिब राष्ट्रपति भनिन्छ। 
उन पूर्व गुरिल्ला पनि हुन्। 

मध्यम वर्गीय परिवारमा जन्मेहुर्किएका उनी नेशनल लिबरेशन मुभमेन्टका लडाकु नेता हुन्। १९६० को दशकमा यो संगठनले त्यहाँ सशस्त्र विद्रोह गरेको थियो। 
 

प्रकाशित मिति: : 2025-05-14 09:49:00

प्रतिकृया दिनुहोस्