काठमाडौंको मखनटोलमा लागेको आगो नियन्त्रणमा आएको छ।
बुधबार बिहानैदेखि महानगरको वडा नं २४ स्थित महादेव चोकमा लागेको आगो नियन्त्रणमा आएको हो।
आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो।
आगलागीमा परी एकजना महिलाको मृत्यु भएको छ। उनको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ।