बिएल संवाददाता
अमेरिकी राष्ट्रपति यतिबेला खाडी राष्ट्रहरूको भ्रमणमा छन्। मंगलबार उनी साउदी अरब पुगेका छन्। त्यहाँ उनले साउदी-अमेरिका लगानी सम्मेलनलाई सम्बोधन गरेका छन्।
त्यसपछि उनी कतार र यूएई पनि पुग्नेछन्। दोस्रो कार्यकालमा ट्रम्पको यो सबैभन्दा महत्वपूर्ण र पहिलो कुटनीतिक भ्रमण हो। कच्चा तेलका धनी यी राष्ट्रहरूसँग ट्रम्पले कैयौं ब्यापारिक सम्झौताहरू पनि गर्नेछन्।
साउदी पुगेर उनले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। र साउदीसँग हतियार बेच्ने सम्झौता गरेका छन्।
उक्त भ्रमणका क्रममा साउदी अरेबियाका राजधानी रियादमा बोल्दै ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका हुन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरबलाई अमेरिकाको सबैभन्दा बलियो साझेदार भन्दै भ्रमणको पहिलो दिन नै साउदी अरेयिबासँग १४२ अर्ब डलरको हतियार सम्झौता सार्वजनिक गरेका छन्।
ट्रम्पले २०१७ मा आफ्नो पहिलो कार्यकालको सुरुआत पनि साउदी अरेबियाको भ्रमणबाट गरेका थिए।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया