बुधबार, १५ अप्रिल २०२६

काठमाडौं मखनटाेलकाे घरमा आगाे, एकजनाकाे मृत्यु

News Image
• • •

काठमाडौंको मखनटोलस्थित एउटा घरमा लागेको आगोमा परेर एकजनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। 

बुधबार बिहानैदेखि महानगरको वडा नं २४ स्थित महादेव चोकमा रहेको एउटा घरमा आगो सल्किएको थियो। 

स्थानीय एकजनाको घरमा ग्याँस लीक भएर सल्किएको आगो अहिले अरु घरमा पनि फैलिएको छ। 

आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। माटो र काठले बनेको उक्त घरमा एकै छिनमा आगो दन्किएको थियो। 

आगो निभाउनका लागि जुद्ध बारुणयन्त्र, नेपाली सेना ललितपुर महानगरलगायतका ६ वटा दमकल परिचालन गरिएको छ। प्रहरी र स्थानीयले पनि आगो निभाउने तथा उद्धार गरिरहेका छन्।  
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!