एकै परिवारका पाँच जनाको मृत्यु प्रकरण : घटनास्थलमा जे देखियाे (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ स्थित नल्लुमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।

सोमबार बिहान ४ जना घरभित्रै मृत अवस्थामा फेला परेकाे र दुई दिने शिशुको उपचारको क्रममा मृत्यु भएको हाे।

यस्तै २३ वर्षीय शुभ स्याङताङको गम्भीर अवस्थाका अस्पतालमा उपचार भइरहेको छ।

आइतबार साँझ खाना खाएर सुतेका उनीहरू सोमबार बिहान मृत भेटिएकाे प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, २२ वर्षीय छोरा सुभाष स्याङताङ, २२ वर्षीया बुहारी सुष्मा स्याङताङ, नौ वर्षीय आशिष स्याङताङ र दुई दिनको नवजात शिशु रहेका छन्।

मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2022-03-07 14:23:00

प्रतिकृया दिनुहोस्