विदेश भाग्ने सुइँको पाएपछि पूर्वराजाको पासपोर्ट रद्द गर्दै सरकार

Break n Links
Break n Links

सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने तयारी गरेको छ।

गृहमन्त्रालय उच्च स्रोतका अनुसार उनी विदेश भाग्ने तयारीमा रहेको सुराकी पाएपछि पासपोर्ट रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो।

शुक्रबारको हिंसात्मक आन्दोलनका लागि राजावादीहरूलाई उनैले उक्साएको सरकारको ठम्याइ छ। पूर्वराजाले आन्दोलनको अघिल्लो दिन दुर्गा प्रसाईं र नवराज सुवेदीलाई भेटेर हिंसात्मक आन्दोलनको निर्देशन दिएको सरकारको दाबी छ।

पूर्वराजाको संलग्नताबारे सरकारले अनुसन्धान थालेपछि उनी विदेश भाग्ने आशंका रहेकोले राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो।

यो पनि-
 

प्रकाशित मिति: : 2025-03-29 11:47:00

प्रतिकृया दिनुहोस्