बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त

फेरिए तीन प्रदेशका ‘प्रमुख’: लुम्बिनीमा राेल्पाका कृष्णबहादुर घर्तीमगर

Break n Links
Break n Links

लुम्बिनीको नयाँ प्रदेश प्रमुखमा राेल्पाका कृष्णबहादुर घर्तीमगरलाई नियुक्त गरिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गरिएसँगै नयाँ प्रदेश प्रमुखमा घर्तीमगरलाई नियुक्त गरेकाे एक मन्त्रीले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।

त्यस्तै, लुम्बिनीमा घर्तीमगरसहित बागमतीमा दीपकप्रकाश देवकोटा र कर्णालीमा यज्ञराज जोशी पनि प्रदेश प्रमुखमा नियुक्त भएका छन्।

यसअघि बागमतीमा एकीकृत समाजवादीका यादव शर्मा, माओवादी केन्द्रनिकट लुम्बिनीमा शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए। उनीहरूलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको स्राेतकाे दाबी छ।

घर्तीमगर र जोशी नेपाली कांग्रेसनिकट हुन् भने देवकोटाचाहिँ एमालेनिकट हुन्।

 

प्रकाशित मिति: : 2024-07-29 20:22:00

प्रतिकृया दिनुहोस्