काेराेना संक्रमणबाट थप ६ जनाकाे मत्यु, ५७० जना नयाँ संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ५७० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ।

पीसीआर विधिबाट ७ हजार २८ र एन्टीजेन विधिबाट २ हजार ७६१ जना गरी कूल ९ हजार ७८९ जनाको कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो।

कोरोना संक्रमणका कारण बितेको ४० घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा एक हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन्।

हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६१६ जना रहेको छ।

प्रकाशित मिति: : 2022-02-17 16:27:00

प्रतिकृया दिनुहोस्