दिनेशको कुकर्म: बाँकी राखेनन् दिदीदेखि गल्फ्रेन्डसम्मलाई

File Photo
File Photo

दिनेश खड्का। यतिबेला सामाजिक सञ्जालमा चर्चित नाम हाे।

काठमाडाैँकाे मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा अध्ययनरत कैलालीका खड्का न कुनै जागिर गर्छन, न कुनै व्यवसाय तर पनि कराेडाैँका मालिक हुन्। उनले काम नै नगरी कसरी काराेडाैँ पैसा कमाउन सफल भए ? यही प्रश्नले धेरेलाई उनीप्रति आक्रषित गरिरह्याे।

गत पुस ११ गते राजश्व अनुसन्धान विभागकाे टाेलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेपछि उनकाे आम्दानीकाे रहस्य खुलेकाे छ।

कालाेपुलस्थित एनआइसी एसिया बैंक अगाडि बसेर माेबाइल एपमार्फत् डलर काराेबार गरिहेका उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अवैध रूपमा अनलाइन जुवाकाे काराेबार गर्ने गरेकाे खुलेकाे छ।

उनले ‘फ्रिलान्सिङ’ नामक म्यासेन्जर ग्रुपमार्फत जुवाको भुक्तानी कारोबार गरेर कराेडाैँ कमाउने गरेकाे विभागले बताएकाे छ।

‘मैले आफ्नो बैंक एकाउण्ट भाडामा दिएवापत ‘वानएक्स बेट’बाट कमिसन आउँथ्यो। वानएक्स बेटमा संलग्न व्यक्तिहरुले विभिन्न बैंक एकाउण्टबाट पैसा राख्न अनुरोध गरेपछि फ्रिलान्सिङ गरेर आउने सूचनापछि म डलर उपलब्ध गराउँथे,’ खड्काले बयानका क्रममा बताएका छन्।

यसरी कराेडाैँ आम्दानी गर्ने उनीविरूद्ध डलर अपचलनको मुद्दा लागेको छ। जुन मुद्दा सोमबार राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा दर्ता गरेको थियाे। 

विभागकाे अनुसन्धानअनुसार दिनेशकाे खाता ग्लोबल बैंकमा रहेकाे छ। उनले १३ जुलाई २०२१ बाट त्यो खातामा कारोबार गरेको देखिन्छ। यो कारोबार २९ डिसेम्बर २०२१ सम्म चलेको छ। सञ्चालनमा आएको ६ महिनामै दिनेशको खातामा ९ करोड ७९ लाख ९८ हजार ६८१ रुपैयाँ कारोबार भएकाे भेटिएकाे विभागले जनाएकाे छ।

त्यस्तै उनले आफनो बुबा नरबहादुर खड्काको नाममा ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाखको कारोबार भएको छ। दिदि भगवती खड्काको नामबाट एनआईसी एसिया बैंकबाट २० करोड ४२ लाख लिएको जानकारी छ। त्यसैगरी उनले प्रेमीका अनिता धितालकाे नामबाट लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख काराेबार गरेकाे खुलेकाे छ।

कारोबार हेर्दा उनले हालसम्म ३७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको ३१ लाख २७ हजार ८९६ रुपैयाँको डलर विनिमय गरेको देखिएको छ।

उनले २ सय ५० जनाकाे नेटवर्क बनाएर यसरी पैसाकाे काराेबार गरेकाे विभागले जनाएकाे छ।

प्रकाशित मिति: : 2022-01-28 18:40:00

प्रतिकृया दिनुहोस्