मोरङको उखुबारीमा २ वटा शव फेला

File Photo
File Photo

मोरङको धनपालथान गाउँपालिका– ७ कमलपुर नजिकको उखुबारीमा दुई वटा शव फेला पारेका छन्। उखुबारीमा खाल्डाेमा पुरेर राखेकाे अवस्थामा शव फेला परेकाे प्रहरीले जनाएकाे छ।

बुधबार उखु काट्न पुगेका किसानले शंकास्पद अवस्थामा खाल्डो खनी केही पुरेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए। सोही खबर पाएपछि बेलुका खाल्डोको उत्खनन गर्दा शव फेला पारेको थियो।

शव अन्दाजी ३०–३५ वर्षीय पुरूषकाे भएकाे जिल्ला प्रहरी माेरङका डिएसपी दीपक श्रेष्ठले बताएका छन्। उनका अनुसार ती पुरूषकाे पहिचान हुन सकेकाे छैन।

घटनाको प्रकृतिलाई हेर्दा हत्या गरी खाल्डोमा गाडेको हुन सक्ने प्रहरीको भनाइ छ। खाल्डोमा शव गाडेर नुन छर्केको पनि पाइएको प्रहरीले जनाएकाे छ।

प्रहरीले बरामद दुवै शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाईएको छ।

प्रकाशित मिति: : 2022-01-27 16:09:00

प्रतिकृया दिनुहोस्