प्रदेश १ को मोरङमा सबैभन्दा बढी सङ्क्रमण

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा सबैभन्दा बढी मोरङमा २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सोही अवधिमा झापामा १५६, सुनसरीमा १२०, धनकुटामा ११, उदयपुर र इलाममा छ÷छ, तेह्रथुममा तीन, पाँचथरमा दुई, सङ्खुवासभामा एक र प्रदेश बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पहाडी, मध्यपहाडी तथा हिमालका भन्दा तराईका जिल्लामा अत्यधिक कोरोना सङ्क्रमण देखिएको हो। एक हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र एक हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७६८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

स्थानीय पालिकाअनुसार सबैभन्दा बढी मोरङको विराटनगरमा २३३, बेलबारीमा २०, झापाको बिर्तामोडमा ३९, दमकमा २५, भद्रपुरमा २४, सुनसरीको इटहरीमा ४२ र धरानमा ५९ जनासहित ५५ पालिका सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै १२३ महिलासहित २७२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने तीन पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर सात हजार १८५ पुगेको छ।

प्रकाशित मिति: : 2022-01-26 19:38:00

प्रतिकृया दिनुहोस्