चेकिङका नाममा सादा पोसाकका प्रहरीको कमाउ धन्दा !

बिएल संवाददाता

काँकडभिट्टा
फाइल तस्विर। राजेन्द्र पासवान (दायाँ), विनोद मण्डल (बायाँ)

पूर्वी नेपालको मुख्य नाका काँकडभिट्टाबाट सादा पाेशाकका प्रहरीकाे सहयाेगमा तस्करले भन्सार छलीको सामानहरु भित्र्याउने गरेको रहस्य खुलेको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) राजेन्द्र पासवान र प्रहरी जवान विनोद मण्डलको मिलेमतोमा तस्करीका सामान भित्रिने स्रोतले जनाएकाे छ।

स्रोतकाअनुसार सई पासवानले मासिक रुपमा रकम उठाउने गरेको र रकम नदिए सामान ओसार्ने व्यपारीलाई विभिन्न बाहानामा दुख दिने गरेको मेचीडाँडाका एक व्यापारीले बिएल नेपाली सेवालाई जानकारी दिए।

ती व्यापारीका अनुसार सई पासावनले काँकडभिट्टाको मेचीडाँडाबाट सामान समात्ने नाममा महिला तथा युवतीमाथि समेत दुर्व्यावार गर्दै आएका छन्।

काँकटभिट्टाबाट हुने अवैध धन्दा रोक्न र अवैध सामान बरामत गर्नुको साटो प्रहरी आफैँ तस्करीसँग मिलेर सामान भित्र्याउने गरेकाे अर्का व्यापारीले बताए। 

शनिबार काँकडभिट्टाको मेचीडाँडाबाट सामान समात्ने नाममा मण्डलले दुई महिलामाथि अमानवीय व्यावहार गरेको भन्दै बिरोध भएको थियो। उनले चेकिङको बहानामा महिलाको मोबाइल समेत जवर्जस्ती फुटाइदिएको पीडित महिलाको भनाई छ। मण्डलले आफूमाथि हात लाउने काम समेत गरेको पीडित महिला बताउँछिन।

उनीहरुले भारतीय बजारबाट भन्सार छलीको सामान ल्याउने व्यापारीसँग महङ्गा सामान ल्याइदिन भन्दै डिमाण्ड गर्ने, सामान नल्याइदिए बाटो छेकेर समात्ने गरेको व्यापारीकाे भनाई छ।

त्यसैगरी सादा पोशाकमा खटिएका प्रहरीले अरुको सुराकी दिन भन्दै धम्काउने गरेको समेत पीडितहरुको गुनासो छ। यस विषयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख सुनिल दाहालसँग बुझ्दा आफू तत्काल यस विषयमा जानकारी लिने बताए।

प्रकाशित मिति: : 2022-01-09 16:41:00

प्रतिकृया दिनुहोस्