नेपाल निजामती कर्मचारी युनियन तेह्रथुमको अध्यक्षमा नेपाल

File Photo
File Photo

नेपाल निजामती कर्मचारी युनियन तेह्रथुम जिल्ला कार्यसमितिको अध्यक्षमा सन्देश नेपाल चयन भएका छन्। जिल्ला सदरमुकाम म्याङलुममा सम्पन्न आठौँ जिल्ला अधिवेशनले नेपाललाई चयन गरेको हो।

कार्यसमितिको खुल्ला उपाध्यक्षमा नरबहादुर निरौला, महिला उपाध्यक्षमा रिता खतिवडा र समावेशी उपाध्यक्षमा विष्णु लिम्बु चयन भएका छन्। त्यस्तै सचिवमा सुजन थापा, कोषाध्यक्षमा सन्देश तुम्बाहाम्फे रहेका छन्।

कार्यसमितिको सदस्यमा रेवत दाहाल,मनीषा बराल ढुङ्गाना, सुवेश कुमार भगत, डोलकुमारी कुमाल, मनोज चिमोरिया, समीर लिम्बु, किरण लावर, कुलबहादुर कटुवाल, धर्मसुन्दर खड्का र खगेन्द्र तिम्सिना रहेका छन्। अधिवेशनले सुरेन्द्र बहादुर खड्का, विद्या अधिकारी ढुङ्गाना र रितेश भूषण बस्नेतलाई महाधिवेशन प्रतिनिधि छनौट गरेको छ।

प्रकाशित मिति: : 2022-01-08 17:26:00

प्रतिकृया दिनुहोस्