इमरान खानकी पूर्वपत्नी रिहाम खानको आक्रोशः यही हो नयाँ पाकिस्तान ?

File Photo
File Photo

पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रिहाम खानले देशको शान्ति सुरक्षा र कानुनी व्यवस्थाप्रति आक्रोश पोखेकी छिन्। आफ्नो कारमा आगजनी भएपछि पूर्वपत्नी रिहामले सरकारप्रति आक्रोश पोखेकी हुन्।

शृंखलाबद्ध ट्विटमा रिहामले प्रश्न गरेकी छिन्, ‘यही हो इमरान खानको नयाँ पाकिस्तानरु’ एउटा अज्ञात समूहले  आईतबार राती रिहामको गाडीमा आगो लगाइदिएको थियो। आगजनीको समयमा गाडीभित्र रिहामका सहयोगी र चालक थिए।

‘भतिजाको विवाहमा सहभागी भएर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई जनाले मेरो गाडीमा आगजानी गरेका छन्। आगजानी हुँदा मेरा सहयोगी र चालक गाडीभित्रै थिए। यही हो इमरानको नयाँ पाकिस्तान रु ठग र लोभीको सरकारलाई स्वागत छ,’ उनले ट्विट गरेकी छिन्।

सरकारको प्रखर आलोचकसमेत रहेकी रिहामले आगजनीको जिम्मा सरकारले लिनुपर्ने बताएकी छिन्।

दन्डहीनताका कारण खान नेतृत्वको सरकारमा गुन्डागर्दी र डकैतीले प्रश्रय पाएको उनको भनाई छ। ‘म औषत पाकिस्तानीजस्तै बाँच्न र मर्न चाहन्छु। कातरपूर्ण हमला वा दन्डहीनता जेसुकै भए पनि आक्रमणको जिम्मा सरकारले लिनुपर्छ ,’ उनले लेखेकी छिन्।

प्रकाशित मिति: : 2022-01-03 14:49:00

प्रतिकृया दिनुहोस्